Windows Vista भाषा इन्टरफेस प्याक (LIP) ले Windows Vista को बृहत प्रयोग क्षेत्रका लागि अंशत: स्थानीयकरण प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँदछ
Windows Vista को लागि Windows Vista भाषा इन्टरफेस प्याक (LIP) ले बृहत रुपमा प्रयोग गरेको Windows को क्षेत्रमा अंशत: अनुवादित संस्करण उपलब्ध गराउँदछ । LIP स्थापना गरिसकेपछि, विजार्डको पाठ, संवाद बाकस, मेनुहरू, सहयोग र समर्थन शीर्षकहरू, र प्रयोगकर्ताको इन्टरफेसमा भएका अरू वस्तुहरू LIP भाषामा प्रदर्शित हुन्छन् । अनुवाद नभएका पाठ Windows Vista को आधार भाषामा हुनेछन् । उदाहरणको लागि, यदि तपाइँले स्पेनिस संस्करणको Windows Vista खरिद गरेर, क्याटलन LIP स्थापना गर्नुभएमा, केही पाठ स्पेनिसमा नै बाँकि रहनेछन् । तपाइँले एक भन्दा धेरै LIP स्थापना गर्न सक्नुहुन्छ, त्यसो भएमा प्रत्येक कम्प्युटर प्रयोगकर्ताले इच्छाएको भाषामा प्रयोगकर्ता इन्टरफेस प्रदर्शन गर्न सक्छन् ।
सहारा दिइएका सञ्चालन प्रणालीहरू:
Windows Vista
• Microsoft Windows Vista
• प्रयोगकर्ता इन्टरफेसमा भएका निम्न भाषा(हरू): अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, रसियन, सर्बियन (ल्याटिन), क्रोयसियन, नर्वेजियन (बकमाल)
• ४.६३ एमबी खालि ठाउँ डाउनलोडको लागि
• १५ एमबी खालि ठाउँ सेटअपको लागि
समर्थन गर्ने प्लेटफर्महरू: LIPs ले ३२-बिट Windows Vista को संस्करणमा मात्र कार्य गर्दछ र Windows को अघिल्लो संस्करण वा ६४-बिटको Windows Vista मा स्थापना हुदैन ।
- क्लिक गर्नुहोस् डाउनलोड डाउनलोड सुरू गर्न यो पृष्ठको बटनमा, वा ड्रप-डाउन सूचीबाट फरक भाषा चयन गर्नुहोस् र जानुहोस्क्लिक गर्नुहोस्।
- तलका मध्ये कुनै एक कार्य गर्नुहोस्:
- तत्कालै स्थापना सुरु गर्न, क्लिक गर्नुहोस् खोल्नुहोस् वा हालको स्थानबाटै यो कार्यक्रम चलाउनुहोस्।
- पछिल्लो समयमा तपाइँको कम्प्युटरमा प्रतिलिपि डाउनलोड स्थापनाको लागि, बचत गर्नुहोस् वा डिस्कमा यो कार्यक्रम बचत गर्नुहोस्क्लिक गर्नुहोस्।