Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Windows 7 भाषा इन्टरफेस प्याक

Windows 7 भाषा इन्टरफेस प्याक (LIP) ले Windows 7 अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा स्थानीयकरण गरिएको प्रयोगकर्ता इन्टरफेस उपलब्ध गराउँछ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०१०-०८-३१

    फाइलको नाम:

    LIP_ne-NP-32bit.mlc

    LIP_ne-NP-64bit.mlc

    फाइल साइज:

    2.8 MB

    4.5 MB

    Windows भाषा इन्टरफेस प्याक (LIP) ले Windows अत्याधिक प्रयोग हुने क्षेत्रको लागि आंशिक रूपमा अनुवाद गरिएको संस्करण उपलब्ध गराउँछ। एलआएपी स्थापना गरि सके पछि, विजार्डमा रहेको पाठ, संवाद बाकसहरु, मेनुहरु, र मद्दत र सहारा विषयहरु LIP भाषामा प्रदर्शन गरिन्छ। अनुवाद नगरिएको पाठ Windows 7 को भाषा आधारमा हुन्छ। उदाहरणको लागि, यदि तपाइँले Windows 7 को स्प्यानिस संस्करण किन्नु भएको छ भने, र काटालान LIP मा स्थापना गर्नु भयो, केही पाठ स्प्यानिस मै रहन्छ। एकल भाषा आधारमा तपाइँले एक भन्दा बढि एलआएपी स्थापना गर्न सक्नुहुन्छ। Windows LIP हरु सबै Windows 7 संस्करणमा स्थापना गर्न सकिन्छ।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7

    • Microsoft Windows 7
    • Windows 7 को आवश्यक आधारभूत भाषाको स्थापना: अङ्ग्रेजी
    • डाउनलोड गर्न 4.63 Mb खाली स्थान
    • सेटअपको लागि 15 Mb खाली स्थान
  • चेतावनी: यदि तपाइँको BitLocker गुप्तिकरण सक्षम पारिएको छ भने, कृपया त्यसलाई निलम्बन गर्नुहोस् LIP स्थापना गर्नु पहिले। Control Panel खोल्नुहोस्, System and Security चयन गर्नुहोस्, त्यसपछि BitLocker Drive EncryptionSuspend Protection मा क्लिक गर्नुहोस्।

    किनभने त्यहाँ Windows 7 को 32-बिट र 64-बिट संस्करणको लागि भिन्न डाउनलोडहरु छ, तपाइँले डाउनलोड सुरु गर्नु भन्दा पहिले, तपाइँले Windows 7 को कुन संस्करण स्थापना गरेको छ निर्णय गर्नु आवश्यक छ: Windows 7 को कुन संस्करण कसरी स्थापना गर्ने निर्णय गर्न यहाँ छ:

    Start बटनमा क्लिक गर्नुहोस् त्यसपछि कम्प्युटरमा दायाँ-क्लिक गर्नुहोस् र Properties चयन गर्नुहोस्। यसले तपाइँको आधारभूत जानकारीहरु लिएर आउँछ।
    प्रणाली प्रकारको लागि प्रणाली सेक्सनमा हेर्नुहोस्। यसले तपाइँको Windows 7 सञ्चालन प्रणाली 32-बिट सञ्चालन प्रणाली हो वा या यो 64-बिट सञ्चालन प्रणाली हो जवाउँछ।

    32-बिट संस्करण इन्सटाल गर्नलाई, तपाईँले कि त :

    1. LIP इन्सटाल गर्नका लागि डाउनलोड बट्न क्लिक गर्नुपर्छ र त्यस पछि Open क्लिक गर्नुपर्छ


    2. अथवा

    3. डाउनलोड बट्न क्लिक गर्नुपर्छ
      • फाइललाई आफ्नो कम्प्यूटरमा कपी गर्नका लागि, Save क्लिक गर्नुपर्छ
      • LIP इन्सटाल गर्नका लागि डाउनलोड गरिएको फाइलमा नेविगेट गरेर डब्ल-क्लिक गर्नुपर्छ

    64-बिट संस्करण इन्सटाल गर्नलाई, माथि दिइएको विकल्प 2 प्रयोग गर्नुहोस् ।